साफ यू-२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुँदै छ ।
जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ । त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । समुह बि मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ ।
प्रतियोगितामा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । समू ए मा नेपालले दुवै खेल जितेर समुह विजेता बनेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
आजको खेल पछि सेमिफाइनलको समीकरण पुरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।
















पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न प्राधिकरणलाई मन्त्रालयको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया