साफ यू-२० च्याम्पियनसिपमा आज भारत र माल्दिभ्स खेल्दै

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुँदै छ ।
जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ । त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । समुह बि मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ ।
प्रतियोगितामा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । समू ए मा नेपालले दुवै खेल जितेर समुह विजेता बनेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
आजको खेल पछि सेमिफाइनलको समीकरण पुरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया