कमला पुल निर्माणको सहमतिपछि आमरण अनसन स्थगित
मेरोन्यूज
२०८१ भदौ ७ गते ११:५५

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने नयाँ कमला पुल निर्माणका लागि जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि आमरण अनसनमा बसेका अभियन्ता र प्रदेश सरकारबीच सहमति भएको छ ।
दुवै पक्षबीच चारबुँदे सहमतिलगत्तै अनसनकारीहरूले आन्दोलन स्थगन गरेका छन् । मुख्यमन्त्री सतिशकुमार सिँहको उपस्थितिमा आन्दोलनकारीहरूले जुस खाएर अनसन स्थगन गरेका हुन् ।
सहमतिअनुसार नयाँ कमला पुलको निर्माण गरिने, नयाँ कमला पुलका लागि आवश्यक बजेट आव.२०८/२०८३ को वार्षिक बजेट सघ सरकारबाट प्राप्त नभएमा सम्पूर्ण बजेट मधेश प्रदेश सरकारको स्रोतबाट बेहोरिने र यसै वर्षको मंंसिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गरिने उल्लेख छ ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया