शुक्रबार, फागुन ८, २०८२

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

मेरोन्यूज २०८१ भदौ ९ गते ९:५४

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक 

Advertisement
nepal life insurencenepal life insurence

११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल गरिनेछ ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजेको लागि बोलाइएको छ । सो बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारे छलफल गरिनेछ ।

यस्तै, दिउँसो एक बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल गरिनेछ । सोही समयमा सार्वजनिक लेखा समितिको बैठकमा बक्यौता विवादका विषयमा छलफल हुने भएको छ । 

प्रतिक्रिया