कर्णालीमा ‘हरित विकास परियोजना’ प्रारम्भ

कर्णाली । कर्णालीको स्थानीय खाद्य प्रणालीमा आधारित कृषि पर्यावरणीय जलवायु उत्थानशील समुदायको विकासका लागि प्रदेशस्तरीय ‘हरित विकास परियोजना’ प्रारम्भ भएको छ ।
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड)ले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय परियोजनाको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तन, त्यसले कृषिमा पारेको असर र प्रकृति विरुद्धका क्रियाकलापबाट निम्तिएका विपद्ले मानव जीवन खतरामा पुगेको धारणा व्यक्त गरे ।
“परियोजनामार्फत अब हामी मानव जीवनोपयोगी कृषि प्रणालीमा जानुपर्छ । पर्यावरण र जैविक विविधता संरक्षण गर्नुपर्दछ,” उनले भने, “थोरै गर्नुस् तर सबैलाई शिक्षा दिने अनुकरणीय काम देखानु । प्रदेश सरकार परियोजना सँगसँगै जान्छ । यहाँ कार्यक्षेत्र बनाएका संस्था प्रदेश सरकारमा पनि सूचीकृत हुनुस् ।”
अग्र्यानिक प्रदेश निर्माणको लक्ष्यमा लिएको कर्णालीका भन्सामा आयातित तरकारी पाक्न नहुने तर्क गर्दै उहाँले स्वस्थ जीवनका लागि स्वस्थ माटो र वनस्पति अनिवार्य शर्त हुनुपर्नेमा जोड दिए। कृषि सचिव टीकाराम थापाले परियोजनालाई अर्थ र उत्पादनसँग जोडेर लैजानुपर्ने बताए ।
उनका अनुसार खाद्य प्रणालीको बाटोमा रुपान्तरण ल्याउने उद्देश्यले लागू गरिएको परियोजनाले कर्णालीको अग्र्यानिक अभियानमा सहयोग पुर्याउनेछ । दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालले सम्भव भएसम्म कर्णालीमै उत्पादन गरी प्रदेशलाई बनाउनुपर्नेमा जोड दिए ।
वेल्ट हङ्गर हिल्फ (डब्लुएचएच)का कार्यक्रम प्रमुख टाबिया सेइजले कर्णालीको दैलेखमा परिवर्तनको आभाषा भएको बताए । नवपुस्ताका लागि स्वस्थ माटो आवश्यक भएको बताउँदै उहाँले कृषि, खाद्य, पर्यावरण र प्राङ्गारिक क्षेत्रको विकासमा परियोजना केन्द्रित हुने जनाए ।
लि–बर्डका कार्यकारी निर्देशक भरत भण्डारीले ७३ प्रतिशत बाली परागसेचनमा आधारित भएकाले अब कर्णालीमा परागसेचनसम्बन्धी रणनीति र कार्य योजना बनाउने तयारी भइरहेको बताए । खाद्य प्रणालीमा रुपान्तरण नभई दीगो विकास लक्ष्य प्राप्त गर्न नसकिने भन्दै निर्देशक भण्डारीले खाद्य प्रणालीको स्थानीयकरण र विविधिकरण हुनुपर्ने धारणा राखे ।
उक्त कार्यक्रममा वेल्ट हङ्गर हिल्फका कृषि–पर्यावरणविज्ञ अन्सुमन दासले प्रस्तुति दिनुभयो । उनले संसारमा ८२ करोड २८ लाख मानिस कुपोषित र तीन अर्ब मानिस सन्तुलित भोजन प्राप्त गर्न नसक्ने अवस्थामा रहेको बताए ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया