टुँडिखेलमा नाराबाजी भएपछि देउवाको आक्रोश : ‘यही हो सिकेर आएको ? लाज नभएकाहरू’

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएको छ । नेताहरुले बोल्ने क्रममा नाराबाजी भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् ।
आफू बोल्न थाले लगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने, ‘तपाईँहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति ? यही हो नेपालको चलन ? यही हो सिकेर आएको ? यस्तै छ, गौरा पर्व सुन्न खेल्न र हेर्न आएकाहरू छन् । न देउडा खेल्न दिन्छन्, कार्यक्रम बिथोल्नेहरू पछाडि बसेका छन् ।’
नाराबाजी गरिरहेका युवाहरूले ‘ढुंगा हान, बालेन’ लगायत शब्द पनि उच्चारण गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारी पनि उपस्थित थिए।













स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया