आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव/असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका काम कारबाही र प्रगतिको अवस्थाबारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।
यस्तैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गाजमिनको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आयआर्जन र भेटी व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।
सबै बैठक बिहान ११ बजे सिंहदरवारमा बस्ने तय भएको छ ।

















राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक
खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा
निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री
मेची भन्सारद्वारा ९ अर्ब ९२ करोड राजस्व असुली
President, Vice-President’s greetings on Democracy Day
खुल्यो तुम्लिङटार विमानस्थल
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया