एस इन्स्टिच्युटले ‘एसे एक्सप्रेन्स २०२४’ आयोजना गर्दै

काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले ‘एसे एक्सप्रेन्स २०२४’को घोषणा गरेको छ।
आज आयोजित पत्रकार सम्मेलनमा एस इन्स्टिच्युटले ‘एसे एक्सप्रेसन्स २०२४’ को आधिकारिक शुभारम्भ भएको घोषणा गरेको हो। यो नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट हुने बताइएको छ ।
इन्स्टिच्युटका अनुसार यो कार्यक्रम २०८१ असोज ५ गतेदेखि १२ गतेसम्म आयोजना हुनेछ, जसमा देशभरका उत्क्रष्ट विद्यार्थिहरुलाई एकसाथ ल्याउने १० प्रमुख उप कार्यक्रमहरुसमावेश गरिनेछन् ।
जसअन्तर्गत ब्यान्ड प्रतियोगिता, नृत्य प्रतियोगिता, फेशन शो, टीभीसी डीभीसी, स्टक सिमुलेसन, स्टे्रस इन्टरभ्यू, व्किज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता रहनेछन् ।
कार्यक्रमको समापनमा नेपालका प्रसिद्द कलाकारहरुको प्रस्तुति रहने एक भव्य कन्सर्ट आयोजना गरिने इन्स्टिच्युटले जानकारी दिएको छ ।
उक्त कन्सर्टमा कलाकारहरु अभिष्कार केसी, श्रीगो, सुसान्त घिमिरे, पहेँलो बत्ती मुनि, रचना दाहाल र जोन एण्ड द लोकल्सले प्रस्तुति दिनेछन्। कन्सर्ट भृकुटीमण्डपमा २८ सेप्टेम्बरमा हुनेछ। पहिलो चरणको टिकटहरु खल्ती डिजिटल वालेटमा ५०० रुपैयाँमा उपलब्ध रहेको इन्स्टिच्युटले जानकारी दिएको छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया