निर्माण उपकरण र प्रविधिको प्रदर्शनी आजदेखि

काठमाडौँ । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शनी शुरु गर्न लागिएको महासचिव रोशन दाहालले जानकारी दिए । प्रदर्शनी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित विषयका ३० वटा कक्ष राखिने उनले बताए ।
साधारणसभाको उद्घाटन आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गर्नेछन् । देशभरका एक हजारभन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको बन्दसत्र भने चैत ३० गते सोमबार प्रतिष्ठानमै हुनेछ । कोभिड–१९ को सङ्क्रमणका बीच निर्माण उद्योग थप समस्याग्रस्त भएकाले यससहित अन्य समसामयिक विषयमा छलफल भई साधारणसभाको अन्त्यमा महासङ्घको काठमाडौँ घोषणापत्र जारी गरिने महासचिव दाहालले बताए ।
साधारणसभा सम्पन्न गर्न महासङ्घका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारणसभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरूको लेख रचना समेटिएको महासङ्घको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन गर्नेछन् । निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेलाई कार्यक्रममा सम्मानसमेत गरिने जनाइएको छ ।
––– रासस









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया