संविधान दिवसलाई जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसमा भव्य रूपमा मनाउने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश मूल समारोह समिति गठन गर्दै यही असोज २, ३ र ४ गते दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसपटकको संविधान दिवस भव्य र सिर्जनात्मक बनाउनेगरी तयारी थालिएको बताए । उनले संविधान दिवसलाई जनतासँग जोड्न सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुनेगरी दिवस मनाइने जानकारी दिए । उनले भने, “हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताको उजागर हुने र अपनत्व हुनेगरी दिवसको तयारी छ ।”
यसपटकको संविधान दिवस असोज ३ गते बिहान प्रभातफेरीमा प्रतियोगितात्मक विभिन्न जातजातिका झाँकी प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिताको आयोजना गर्ने मूल आयोजक समितिले औपचारिक कार्यक्रम गर्ने तयारी छ ।
असोज २ गतेदेखि ४ गतेसम्म तीन दिनसम्म मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घरआँगन सरफाइ, अस्पतालमा बिरामीलाई फलफूल वितरण, साँझ घरघर र कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा प्रदेशका मन्त्री, प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा राष्ट्रसेवक कर्मचारी तथा पत्रकारको सहभागिता थियो
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया