बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जनालाई पक्राउ

राजविराज (सप्तरी) प्रहरीले शिकार गरेर बँदेल मारेको आरोपमा पूर्वडीआइजीसहित १० जनालाई पक्राउ गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी पलार क्षेत्रबाट मारिएको बँदेलसहित उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) ज्ञानविक्रम शाह र नेपाल प्रहरी कै बहालवाला प्रहरी नायव निरीक्षक ९सई०सञ्जय न्यौपानेसहितलाई पक्राउ परेको प्रहरीले जनाएको छ । न्यौपाने हाल मधेस प्रदेशको बर्दिबासमा कार्यरतत छन् ।
पक्राउ परेकाको साथबाट २२ क्यालिवरको राइफल एक थान, राइफलको म्यागजिन दुई थान, गोली १५ थान, वाइनाकुलर तीन थान, ट्राइपोटर्र एक थान, फलामको हथौडा एक थान, खुर्पा एक थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कारपियो, को२त ६९ नम्बरको ट्रयाक्टर एक थान र मारिएको बँदेल प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्रचार्यले पक्राउ परेकामाथि वन डिभिजनसँगको समन्वयमा विस्तृत अनुसन्धान भइरहेको समेत जानकारी दिए ।


















जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया