ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध

काठमाडौँ । ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि ब्राजिलमा एक्स पूर्ण रुपमा बन्द भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
शुक्रबार ब्राजिलको सर्वोच्च अदालतले एक्समाथि देशभर प्रतिबन्ध लगाउन आदेश दिएपछि सरकारले सो आदेशको पालना गरेको बताइएको छ ।
यस अघि सर्वोच्चले एक्सलाई ब्राजिलमा आफ्नो स्थानीय प्रतिनिधि राख्न आदेश दिएपछि एक्सका मालिन एलन मक्सले अगस्त १७ मा ब्राजिलको आफ्नो कार्यालयनै बन्द गरिदिएका थिए ।
ब्राजिलको सर्वोच्च अदालत र एक्सको बीचमा पछिल्ला महिनाहरूदेखि नै विवाद बढ्दै आएको थियो । अदालतले यसअघि पनि ब्राजिलका केहि एक्स एकाउन्टहरुलाई प्रतिबन्ध लगाउन आदेश दिएपनि एक्सले वाक स्वतन्त्रताको हवाला दिदै अस्वीकार गरको थियो ।
सर्वोच्चले एक्सको कानुनी विवादमा गरेका जरिवाना नतिरेपछि गत विहिबार मस्कको अर्को कम्पनि स्टारलिंकको बैंक खाता रोक्का गरेको थियो । ब्राजिलमा इन्टरनेट कनेक्सन उपलब्ध गराउने कम्पनि स्टारलिंकका साढे २ लाखभन्दा बढी ग्राहक रहेको बताइएको छ । सेटेलाइटबाट इन्टरनेट उपलब्ध गराउने हुनाले कुनै तार कनेक्सन बिनानै स्टारलिंकले विश्वका सय भन्दा बढी देशमा इन्टरनेट उपलब्ध गराउदै आएको छ ।
स्टारलिंकले सामाजिक सञ्जाल एक्सको प्रकरणसँग आफ्नो कुनै सरोकार नभएको अदालतमा जिकिर गरेपनि मालिक एकै भएको भन्दै सर्वोच्चले स्टारलिंकको खाता रोक्का गरेको थियो ।
मस्कले सर्वोच्चको आदेशपछि ब्राजिलमा स्टारलिंकको इन्टरनेट नि: शुल्क उपलब्ध हुने बताएका छन् । बैंक खाता रोक्का गरिएकोले शुल्क उठाउन नमिलेको भन्दै उनले दुर्गम क्षेत्रका विद्यालय, अस्पतालहरु स्टारलिंकको इन्टरनेटमा भरपरिरहेको उल्लेख गरेका छन् ।

















सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया