यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

















चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
काठमाडौँका बीस हजार विद्यार्थीको आँखा जाँच गरिंदै
मृत्युको हल्ला चलेपछि बेन्जामिन नेतन्याहुले भने -‘म जिउँदै छु’
आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया