आज संसदका चार समितिको बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ । आज प्रतिनिधि सभाका चार समितिको बैठक बस्दै छ । आज अर्थ समिति, शिक्षा समितिको बैठक बस्दै छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायाँ व्यवस्था समितिको बैठक पनि बस्दै छ भने संयुक्त संसदको संसदीय सुनुवाई समितिको बैठक पनि बस्दै छ ।
आज बिहान ९ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने एजेण्डा रहेको छ । अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित हुदै छन् ।
त्यसैगरी अपराह्न १ बजेका लागि बोलाइएको शिक्षा समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यसै गरि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै संसदीय सुनुवाई संयुक्त समितिको ११ बजे बोलाइएको बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरुको सुनुवाइ गर्ने कार्यसूची रहेको छ ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया