आम किसान मोर्चाको केन्द्रिय अध्यक्षमा अनिल झा निर्वाचित

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम किसान मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । काठमाडौंमा भएको भेलाबाट अनिल झाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन भएको छ ।
भेलाले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, किसानलाई मलखाद्य, बिउविजन, सिचाई लगायतको व्यवस्था गर्नुपर्ने माग सरकारसंग गरेको छ । यसैगरी किसान मोर्चाले किसानलाई डिडिसीले तिर्नुपर्ने दुधको बाँकी बक्यौता रकम तत्काल तिर्नुपर्ने, किसानलाई सहज रुपमा न्यून व्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, किसानको नाममा बिचौलियाले गरिरहेको लुटधन्धा नियन्त्रण गरी दोषीलाई कारवाही गर्नुपर्ने लगायतका माग मोर्चाले गरेको छ ।
आजपा नेता मनोजकुमार यादव इन्चार्ज, उमाशंकर साह सहइन्चार्ज रहेको किसान मोर्चाको अध्यक्षमा अनिल झा, उपाध्यक्षमा लोकमान मन्सुरी, विमल कंडेल, महासचिवमा रामसागर महासेठ, सचिवमा दिनेश साह, वशिष्ठ कुशवाहा, कोषाध्यक्षमा कोशिला देवी रहेका छन् ।
यसैगरी सदस्यहरुमा शम्भु कुशवाहा, मदन साह, ममता चौधरी, सुगन्धी पासवान, अवधकिशोर साह, प्रमेश्वर साह, सुवास कुशवाहा, अम्बिका साह, सुरेन्द्र मण्डल, भाईकाजी सापकोटा, रामबिनय प्रसाद पटेल, किरण यादव, बिना देवी खत्वे, तुलसी विक, दिपेन्द्र बराल, श्यामकिशोर साह, धर्मेन्द्र गुप्ता, मोतिलाल साह, कल्पना लामिछाने, अवधकिशोर साह, फेकन मण्डल, पुनम पटेल, सुरेन्द्र मण्डल, धनपत साह, बिजय महतो मनोज प्रसाद चौधरी लगायतका रहेको आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।













भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया