गण्डकी प्रदेश : २ वटा मन्त्रालय थपिए

गण्डकी । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर नौवटा बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बसेको मन्त्रिपरिषद् बैठकले नौवटा मन्त्रालय बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले०बीचको सहमतिअनुसार नौवटा मन्त्रालय बनाइएको जानकारी दिदै उनले सङ्घीय गठबन्धनअनुुसार नै अघि बढेको बताए । मुख्यमन्त्री पाण्डेकानुुसार नौवटा मन्त्रालयमध्ये कांग्रेसले पाँच र एमाले चार मन्त्रालय लिनेछन् । प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय विभाजन गर्ने निर्णय गरिएको हो ।
मुख्यमन्त्री पाण्डेले वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गत यसअघि दुई/दुुईवटा सङ्गठन संरचना रहेकाले सोहीअनुसार विभाजन गरिएको बताए । “यी मन्त्रालय एउटै भए पनि सङ्गठन संरचना दुईवटा थिए र सचिव पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर नौवटा मन्त्रालय कायम गर्ने निर्णय गरेका छौँ”, उनले भने ।
अब चाँडै नै एमालेका तर्फबाट चारजना मन्त्रिपरिषद्मा समावेश हुने र सङ्घीय गठबन्धनअनुसार गठबन्धन अघि बढिने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया