गृहमन्त्रीसँग भारतीय राष्ट्रिय रक्षा महाविद्यालय टोलीको शिष्टाचार भेट
मेरोन्यूज
२०८१ भदौ १७ गते १८:०६

काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपाल अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडिसी) का शिक्षार्थीहरुको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागूऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए ।
भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दिप एस सन्दु लगायत शिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
टोलीले यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया