सहकारी छानविन विशेष समितिको म्याद १५ थप गर्ने तयारी
मेरोन्यूज
२०८१ भदौ १७ गते २१:१७

काठमाडौं ।सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको म्याद थप गर्ने तयारी भएको छ । मंगलबार बस्ने प्रतिनिधिसभा बैठकबाट म्याद थपको प्रस्ताव पेस हुने बताइएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने विषय उल्लेख छ । जसअनुसार सभापति सूर्यबहादुर थापाले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव पेस गर्ने संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।
तीन महिना समय तोकिएको समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । त्यस अनुसार २२ भदौमा समितिको म्याद सकिँदैछ । संसद सचिवालय स्रोतका अनुसार यो समितिको म्याद १५ दिन थप गर्ने राजनीतिक सहमति भइसकेको छ र त्यसै अनुसार मंगलबारको प्रतिनिधिसभा बैठकबाट निर्णय हुनेछ ।
सम्बन्धित












६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
तेक्वान्दो टोली चीन प्रस्थान
जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया