लर्ड्समा सन् २०२५ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनल हुने

लर्ड्सले सन् २०२५ मा पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेलको आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मङ्गलबार घोषणा गरेको छ ।
विश्व टेस्ट च्याम्पियनसिप र्याङ्किङमा सर्वोच्च स्थानमा रहेका दुई टोलीबीच जुन ११ मा ‘क्रिकेटको घर’ मा फाइनल खेल हुनेछ ।
सन् २०२३ मा द ओभलमा भारतलाई हराएपछि अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन बनेको थियो । न्युजिल्यान्डले सन् २०२१ मा साउथेम्प्टनमा भारतविरुद्ध प्रतियोगिताको पहिलो संस्करण जितेको थियो ।
सन् २०२३ मा सुरु भएको दुई वर्षको चक्रमा पाँच दिवसीय रातो–बल ढाँचामा उनीहरूको प्रदर्शनका आधारमा टेस्ट खेल्ने नौ देशको र्याङ्किङ गरिन्छ ।
भारत वर्तमान टेस्ट र्याङ्किङमा दोस्रो स्थानमा रहेको अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा छ । न्युजिल्यान्ड तेस्रो र इङ्ग्ल्यान्ड चौथो स्थानमा छन् ।
लर्ड्स फाइनल खेल्ने दुई मुलुकको पुष्टि जनवरी २८ मा गरिनेछ ।













कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया