लर्ड्समा सन् २०२५ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनल हुने

लर्ड्सले सन् २०२५ मा पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिप फाइनल खेलको आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मङ्गलबार घोषणा गरेको छ ।
विश्व टेस्ट च्याम्पियनसिप र्याङ्किङमा सर्वोच्च स्थानमा रहेका दुई टोलीबीच जुन ११ मा ‘क्रिकेटको घर’ मा फाइनल खेल हुनेछ ।
सन् २०२३ मा द ओभलमा भारतलाई हराएपछि अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियन बनेको थियो । न्युजिल्यान्डले सन् २०२१ मा साउथेम्प्टनमा भारतविरुद्ध प्रतियोगिताको पहिलो संस्करण जितेको थियो ।
सन् २०२३ मा सुरु भएको दुई वर्षको चक्रमा पाँच दिवसीय रातो–बल ढाँचामा उनीहरूको प्रदर्शनका आधारमा टेस्ट खेल्ने नौ देशको र्याङ्किङ गरिन्छ ।
भारत वर्तमान टेस्ट र्याङ्किङमा दोस्रो स्थानमा रहेको अस्ट्रेलियालाई पछि पार्दै शीर्ष स्थानमा छ । न्युजिल्यान्ड तेस्रो र इङ्ग्ल्यान्ड चौथो स्थानमा छन् ।
लर्ड्स फाइनल खेल्ने दुई मुलुकको पुष्टि जनवरी २८ मा गरिनेछ ।
















अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
आगामी बजेट संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया