अफगानिस्तानमा भएको आत्मघाती बम विस्फोट गराएको आइएसको दाबी

इस्लामिक स्टेट (आइएस) ले मङ्गलबार अफगानिस्तानको राजधानीमा आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । एक दिनअघि भएको बम विस्फोटमा छ जनाको मृत्यु भएको थियो र आइएसले तालिबान सरकारको अभियोजन सेवालाई लक्षित गरेको बताएको छ ।
आइएसको अमाक मिडिया शाखाले टेलिग्राम मेसेजिङ एपमा भीडमा विस्फोट गर्नुअघि आत्मघाती आक्रमणकारीले अभियोजकका कर्मचारीले आफ्नो सिफ्ट छाड्ने समयसम्म प्रतीक्षा गरिरहेको बताएको छ ।
सोमबार राति काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको दक्षिणी बाहिरी क्षेत्रमा भएको बम विस्फोटमा छ जनाको मृत्यु र १३ जना घाइते भएको बताए ।
यद्यपि आतङ्कवादी समूह आइएसको मिडिया शाखाले मृतकहरू र घाइतेको कूल सङ्ख्या ‘४५ भन्दा धेरै’ भएको बताएको छ । शाखाले बमबारी ‘तालिबान जेलहरूमा रहेका मुसलमानहरूको बदला लिन’ प्रतिबबद्ध रहेको बताएको छ ।
सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा हिंसा कम भएको छ तर आइएस समूहका क्षेत्रीय अध्यायले प्राय विदेशी, सर्वसाधारण र तालिबान अधिकारीहरूलाई निशाना बनाएको छ ।













समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया