अस्ट्रेलियाको वार्षिक जिडिपीमा गिरावट

क्यानबेरा । अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि (एक दशमलव पाँच प्रतिशत) को रिपोर्ट गरेको छ ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०२४ जुन ३० सम्मको आर्थिक वर्षमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) एक दशमलव पाँच प्रतिशतले बढेको देखाएको छ । यो जुन आव २०२२–२३ मा तीन दशमलव एक प्रतिशत थियो ।
एबिएसका अनुसार सन् १९९१–९२ को आर्थिक मन्दीपछि शून्य दशमलव चार प्रतिशतको आर्थिक वृद्धिदर रहेकामा कोभिड महामारीलाई छोडेर यो अस्ट्रेलियाको सबैभन्दा कम आर्थिक वृद्धिदर हो ।
त्रैमासिक आधारमा अप्रिलको सुरुदेखि जुनको अन्त्य तीन महिनामा अर्थतन्त्र शून्य दशमलव दुई प्रतिशतले वृद्धि भएकामा सन् २०२३ को अन्तिम तीन महिना र सन् २०२४ को पहिलो तीन महिनामा भएको वृद्धिसँग मिल्दोजुल्दो देखिन्छ ।
विश्वव्यापी अनिश्चितता, उच्च मूल्य दर र निरन्तर मुद्रास्फीतिलाई प्रतिबिम्बित गर्दै गत त्रैमासिकमा अर्थतन्त्रमा सीमित वृद्धि भएको पुष्टि गरेको अर्थमन्त्री जिम चाल्मजले तथ्याङ्कको प्रतिक्रियामा जनाए ।
उनले यसले मानिसहरूको दबाबलाई देखाउने बताउए । उनका अनुसार यसले अर्थतन्त्रलाई हानि नपुग्ने गरी मुद्रास्फीतिसँग लड्न र मानिसहरूलाई कडा मेहनत गर्न सहयोग पुर्याउन मुलुकको योजनालाई उचित ठहर्याउँछ ।
एबिएसले जुनमा समाप्त हुने त्रैमासिकमा घरेलु खर्च अघिल्लो तीन महिनाको तुलनामा शून्य दशमलव दुई प्रतिशतले कम हुँदा जिडिपी वृद्धिमा शून्य दशमलव एक प्रतिशत अङ्कले कमी भएको तर सरकारी खर्च एक दशमलव चार प्रतिशतले बढेको जनाएको छ ।
अघिल्लो दुई त्रैमासिकमा गिरावट आएपछि जुनमा समाप्त हुने त्रैमासिकमा सेवा निर्यात पाँच दशमलव छ प्रतिशतले वृद्धि भएको छ । सिन्ह्वा














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया