बुधबार, फागुन ६, २०८२

एमाले पोलिटब्युरो बैठक : वार्षिक कार्ययोजना सचिवालय बैठकले टुङ्ग्याउने

मेरोन्यूज २०८१ भदौ १९ गते २१:२०

काठमाडौँ । नेकपा (एमाले) को पोलिट ब्युरो बैठकले सुझावसहित पार्टीको कार्ययोजना पारित गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यले दिएको सुझावको आधारमा पारित गर्दै पुनः सचिवालय बैठकले अन्तिम टुङ्गो लगाउने सहमति भएकोे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार पोलिटब्युरो सदस्यले कार्ययोजनाको प्रभावकारितामा जोड दिएका थिए । सुझावमा पार्टी कमिटी र कार्यकर्ताले गरेका कामको उचित मूल्यांकन पार्टीमा हुन नसकेको कुरा पोलिटब्युरो सदस्यले उठाएका छन्। ‘पारदर्शी ढङ्गबाट एउटा विधि बनाएर पार्टी कमिटी र नेता तथा कार्यकर्ता गरेको कामको मूल्याङ्कन प्रणाली बनाउने कुरा भएको छ’, उनले भने, ‘मूल्याङ्कन कमिटीगत रुपमा हुनुपर्नेमा पोलिटब्युरो सदस्यको सुझाव रहेको छ ।’

बैठकमा प्रचार विभाग प्रमुख गौतमले संविधान संशोधनको सन्दर्भमा नेपाली कांग्रेससँग गरिएको सम्झौताअनुसार नै संविधान संशोधन गर्न पोलिटब्युरो सदस्यले सुझाव दिएको बताए । उनले संविधान पुनरावलोकन आवश्यक र पुनरावलोकनको आधारमा संविधान संशोधन गर्न सुझाव दिइएको बताए ।

बैठकमा ५१ जना पोलिटब्युरो सदस्यले महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि सुझाव दिएका थिए । बैठक दुई दिनसम्म पार्टी कार्यालयमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया