आगामी महाधिवेशनमा म सभापतिको उम्मेदवार : कांग्रेस नेता कोइराला
मेरोन्यूज
२०८१ भदौ १९ गते २२:३५

चितवन । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले १५ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताए ।
आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनी यसपटक महाधिवेशन सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । नेता कोइरालाले भने, “अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।” महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे, “सभापति जीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।”
नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए ।
सम्बन्धित













सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया