आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ । भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ । सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।
सनातन समाजमा कुनै काम सुरु गर्दा ‘श्रीगणेश गरेको’ भन्ने चलन छ। ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन्।
यस अवसरमा आज काठमाडौँ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।
भाद्र शुक्ल चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता छ। चन्द्रमा हेरे चोरीको दोष लाग्ने विश्वास गरिन्छ। तर योपटक चतुर्थीको चन्द्रमा शुक्रबार नै थियो। शुक्रबार दिउँसो बजे नै चतुर्थी तिथि लागिसकेको थियो। शनिबार २० घडी ४९ पला अर्थात् दिउँसो २ बजेर ५ मिनेसम्म चतुर्थी तिथि रहेको पञ्चांगमा उल्लेख छ।
पुराणका अनुसार गणेशले नै यो दिन चन्द्रमाको दर्शन गर्न नहुने श्राप दिएका हुन्। गणेश चौथी नेपाल र भारतका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाइन्छ। विभिन्न स्थानमा गणेश रथयात्रा निस्कन्छन्।
नेवार समाजमा यो दिनलाई चथाः भनिन्छ। तराई–मधेशमा पनि चौठचन्द्रका नाममा यो पर्व ठूलो महत्त्वका साथ मनाइन्छ। गणेश चौथीको बहाना गरी गाउँघरतिर साँझमा केटाकेटीले काँक्रो, फलफूल र तरकारी चोरी गर्ने लौकिक चलन छ।
















राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
एउटै पालिकाबाट छ जना उम्मेदवारः महिला शून्य
श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया