ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा

काठमाडौँ । टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको तयारी पूरा गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १२ ले प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन दर्शनार्थी महिलाको सुरक्षा, भीड व्यवस्थापनका लागि बन्दोबस्त, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मन्दिर तथा त्यसआसपास क्षेत्रका सम्पदास्थलमा समेत सरसफाइ गरिएको छ ।
आज राति १२ बजेदेखि नै मन्दिर दर्शनका लागि खुला गरिने भएकाले वडाध्यक्ष बालकृष्ण महर्जनले मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरिएको जानकारी दिए ।
तीजमा व्रत बसेका महिलाले मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजासमेत गराउने व्यवस्था मिलाइएको छ । भक्तजनको सुरक्षाका लागि लाइन रहेको ठाउँमा प्रहरी खटाइने छ ।
कुनै पनि भवितव्य तथा आपतकालीन अवस्थामा उच्च सतर्कता अपनाएर एम्बुलेन्सको व्यवस्था तथा प्रारम्भिक स्वास्थ्य जाँचसम्बन्धी शिविर र अशक्त तथा वृद्धवृद्धालाई सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको वडाध्यक्ष महर्जनले जानकारी दिए । यस्तै, आइतबार टेकुदेखि कुलेश्वर र सानेपा निस्कने सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।
















अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया