अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले कैलाली र झापाबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ गरेको छ ।
जसमा, कैलाली, जानकी गाउँपालिका-७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २४ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ उच्च गोलौरी बस्ने १९ वर्षीय रबिन चौधरी र १९ वर्षीय राजेन्द्र महतो रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै झापा, झापा गाउँपालिका-४ ग्रामथानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५९ मिलिग्राम सहित शिवसताक्षी गाउँपालिका-३ बस्ने २१ वर्षीय पाण्डे भन्ने थरेन्द्र गुरूङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुरूङलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


















बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
सभापति चयन गर्न १२ वटा समितिका बैठक हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया