दोलखाको बिगुमा जिप दुर्घटना, एकै गाउँका चार जनाको मृत्यु
चरिकोट । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना भएको छ । र्दुघटनामा परि एकै गाउँका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का छन् ।
उनीहरू सबै एकै गाउँका रहेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
र्दुघटनामा परी अन्य थप १७ जना घाइते भएका छन् । घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का छन् । यस्तै सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का लगायत छन् ।
घाइतेहरुको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
सोमबार बेलुकी ११ बजे सिँगटीमा जिप सडकबाट तल खसेर दुर्घटना भएको हो । वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जिप दुर्घटनामा परेको हो ।
तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।
















परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया