सङ्गठन सुदृढीकरणमा लाग्न अध्यक्ष दाहालको जोड

कठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सङ्गठनलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोचमा आफू रहेको बताएका छन् । साथै उनले पार्टीलाई सुदृढ तुल्याउनेतर्फ दत्तचित्त भएर लाग्न कार्यकतालाई निर्देशन दिएका छन् ।
सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उनले त्यसकै लागि आफूहरु देशवयापी बैठक र छलफलमा जुटेको बताए ।
पार्टीको मधेस प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुग्नुभएका अध्यक्ष दाहालले मुलुकको अहिलेको समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन गर्ने बताएका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
अनुचित लेनदेन (मिटरब्याज)लगायत तमाम बेथितिका विरुद्ध आफूहरुले सरकारबाट सङ्कल्पका साथ सङ्घर्ष सुरु गरेको स्मरण गर्दै अध्यक्ष दाहालले भने, “अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोचमा छौँ ।”
आफ्नो पार्टीले अघि सारेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक ‘एजेण्डा’प्रति मधेसी जनसमुदायको अपार विश्वास भएको उल्लेख गर्दै उनले यो विश्वासलाई कमजोर हुन नदिएर सोहीअनुसार पार्टी सङ्गठन र नेतृत्व स्थापित गरेर जाने प्रतिबद्धता व्यक्त गरे । पार्टीलाई मधेसमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रुपमा स्थापित गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेस प्रदेशको महत्वपूर्ण भूमिका रहने विश्वास उनले व्यक्त गरे ।
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया