फिल्म ‘खुस्मा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मका प्रमुख अभिनेता धीरज मगरको जन्मदिनको अवसरमा मंगलबार काठमाडौंका एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
अशोक थापा मगरको लेखन एवं निर्देशन रहेको फिल्ममा धीरज र उपासनासहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा काउचा, सुजता राई, विजय संयोक सुब्बा, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, संगीता थापामगर, सारा राई, विवेश मगर, श्वेता मिश्र, दुईसाङ थिङ, अरुण पुन मगर लगायतले पनि अभिनय गरेका छन् । मगर समुदायको परिवेशमा फिल्म निर्माण भएको हो ।
फिल्मको निर्माताहरुमा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन् भने सह-निर्माताहरु मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्मातामा छन् । गोविन्द शाहीले वितरण गर्न लागेको फिल्ममा दीपक बज्राचार्यको छायांकन, एसडी योगी र छान्जु पार्कको संगीत तथा सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापा मगर स्वयंको शब्द रचना रहेको छ ।
ट्रेलरको लिंक- https://youtu.be/CRbG8XBkZkE
















इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया