भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु

काठमाडौँ । भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्ट अनुसार भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको ज्यान गएको छ भने ५४ जना बेपत्ता भएका छन् ।
हावाहुरीका कारण शनिबारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ । पहिरोका कारण अवस्था बिग्रिएको छ । उत्तरी भियतनाममा हजारौं मानिस घरको छानामा फसेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोगको अपिल गरेका छन् ।
टाइफुन यागी भियतनाममा विगत ३० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी हो, जसले देशको उत्तरी भागमा विनाश मच्चाएको छ । फु थो प्रान्तमा फोङ चाउ पुल भत्किँदा धेरै सवारी साधन पानीमा डुबेका छन् । आँधी यागी पश्चिमतर्फ सर्ने क्रममा क्षति बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।
यागी आँधीमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र पहिरोका कारण धेरै पुल र भवनहरु भत्किएका छन् । भियतनाम भन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा यागी आँधीका कारण २४ जनाको ज्यान गएको थियो ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया