संविधान निर्माणमा नेम्वाङको भूमिका उल्लेखनीय छ : मुख्य सचेतक बर्तौला

काठमाडौँ । प्रतिनिधिसभामा नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका क्रममा खेलेका भूमिका उल्लेखनीय भएको बताएका छन् । स्व नेम्वाङलाई संविधान निर्माणका साथै नेपालको संसदीय प्रणालीमा खेलेको भूमिका सबै नेपालीले सधैँ सम्झिरहने बताए ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै मुख्य सचेतक बर्तौलाले संविधानसभाका अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसका दिनमा उनलाई स्मरण गर्दै नेपालको संविधान निर्माण र संसदीय व्यवस्थालाई सिर्जनात्मक तथा रचनात्मक भूमिका निर्वाह गरेका व्यक्तित्व गुमाउनुपरेको उल्लेख गरे ।
उनले भने, “नेपालको संसदीय प्रणालीलाई जीवन्त राख्न र संविधान निर्माणका लागि खेल्नुभएको भूमिका नेपालीले सधैँ सम्झिने छन् ।” यस्तै उनले मङ्गलबार मकवानपुरको मनहरी गाउँपालिका-७ युनाइटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्ने १२ वर्षीया रञ्जिता गुरुङ घर फर्किने क्रममा बाढीमा परेर ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरे ।
सांसद शान्ति परियारले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसका अवसरमा उनिप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै मुलुकले एउटा महत्वपूर्ण व्यक्तित्व गुमाएको उल्लेख गरे । उपसभामुख इन्दिरा राना विवादमा मुछिएकाले उनलाई मार्ग प्रशस्त गर्न सांसद परियारले माग गरे ।
सांसद भगवती चौधरीले नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको ब्लड बैँक सञ्चालनमा बेथिति रहेको पाइएको भन्दै त्यसतर्फ सरकारको ध्यान जाओस भने ।
















वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो सफारी मार्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
२४ घण्टामा दुई हजार ९ सय ३ जना सवारी चालक ट्राफिक कारबाहीमा
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
उज्यालो नेपाल पार्टीले भन्यो: वास्तविक सुकुमवासीको उचित र दीर्घकालीन व्यवस्थापन गरियोस्
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया