खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह
मेरोन्यूज
२०८१ भदौ २६ गते १५:५१

काठमाडाैं । एनआइसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (पान) अध्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले ग्राहकले बैंकको पोर्टलमा वा मोबाइल बैंकिङ एपमा रहेको ‘पान अपडेट’ विकल्प छनोट गरी आफ्नो पान यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ।
बैंकका अनुसार ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट आफ्नो खातामा पान अध्यावधिक गर्नका लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ।
सम्बन्धित










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया