‘पार्टी बलियो बनाउन कार्यकर्ताको सक्रियता आवश्यक’

त्रिशूली (नुवाकोट) । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी बलियो बनाउनका लागि कार्यकर्तालाई सक्रिय हुन आह्वान गरेका हुन् ।
बिपी जन्मजयन्तीका अवसरमा नेपाल तरुण दल क्षेत्र नं १ नुवाकोटले जिल्लाको लिखु गाउँपालिका–४ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै प्रवक्ता महतले सबैभन्दा धेरै भ्रातृ र शुभेच्छुक संस्था भएको कांग्रेस पार्टीलाई बलियो बनाई राख्न कार्यकर्ताको सक्रियता अहिलेको आवश्यकता रहेको बताएका हुन् ।
“पार्टीले नीति तथा कार्यक्रम बनाउन र जनताको सेवा गर्न प्रतिनिधि खटाएको हुन्छ”, उनले भने, “पार्टी र पार्टीका प्रतिनिधिले गरेका राम्रा काम जनतासमक्ष पुर्याइ प्रचारप्रसार गरेर पार्टीलाई लोकप्रिय बनाउनमा केन्द्रित हुनुपर्दछ ।”
वृक्षरोपण, रक्तदानजस्ता कार्यक्रमलाई सामान्य रुपमा नलिइ यस्ता गतिविधि बढाउन उहाँले आग्रह गरे । तरुण दलको अगुवाइमा आयोजित वृक्षरोपण कार्यक्रम वन क्षेत्र विस्तार एवं संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने भन्दै उनले प्रशंसा गरे ।
“दल र पार्टीका गतिविधिमा प्रतिबन्ध लगाउँदा जनताका बीचमा पुग्न र गुनासो सुन्न बिपी कोइरालाले वृक्षरोपण र रक्तदान कार्यक्रममार्फत जनताको मन जित्नुभएको थियो”, प्रवक्ता महतले भने, “अहिलेका सामुदायिक वन र तत्कालीन समयमा रगत अभावमा बिरामीको अकालमा ज्यान जोगाउन बिपी कोइरालाको अभियानको महत्वपूर्ण योगदान छ । यसलाई कांग्रेसले अपनत्व लिएर अहिलेको सन्दर्भमा बढवा दिनुपर्दछ ।”
जनतालाई चाहिएको विकास, सेवा र आवश्यक परेको समयमा सहयोगका लागि पार्टी र भ्रातृ संस्थाका प्रतिनिधिलाई अग्रस्थानमा उभिन उनले आह्वान गरे। नुवाकोटमा कांग्रेस एक्लै चुनाव लड्न र जित्नसक्ने अवस्था कायम राख्दै तीनै तहमा कांग्रेसका प्रतिनिधिले जित्ने वातावरण तयार गर्न पार्टी र भ्रातृ संस्थाका पदाधिकारीलाई उहाँले निर्देशन दिए ।















झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया