इजरायली सेनाको हेलिकप्टर गाजामा दुर्घटना हुँदा दुई सैनिकको मृत्यु
मेरोन्यूज
२०८१ भदौ २६ गते २०:२०

दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।
इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो । अन्य सात सैनिक घाइते भएका र तिनीहरूलाई चिकित्सा हेरचाहको लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।
“प्रारम्भिक अनुसन्धानले शत्रुको कारबाहीका कारण दुर्घटना नभएको देखाएको छ”, विज्ञप्तिमा भनिएको छ । घटनाको कारणबारे वायुसेना कमाण्डर टोमर बारद्वारा नियुक्त समितिले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित













त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्स
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त
चुरोटभन्दा हानिकारक हुक्का
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया