बिहीबार, फागुन १४, २०८२

२७०० अङ्कमाथि नेप्से, बजार पूँजीकरण ३७ खर्ब ५८

मेरोन्यूज २०७७ चैत ३१ गते १९:२८

काठमाडाैं । आज यस वर्षको अन्तिम दिन, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकले आज हालसम्मकै उच्च बिन्दु चुमेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेप्सेमा २३.२३ बिन्दुको सुधार आई दुई हजार ७१४.७९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९९ बिन्दुले बढेर ४८६.२८ मा पुगेको छ । कूल २०९ कम्पनीको एक करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर रु सात अर्ब १४ करोड ३१ लाख ५१ हजार मा खरिद बिक्री भए ।

नेप्सेका अनुसार आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख १० हजार बराबर पुगेको छ । यो हालसम्मकै उच्च हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर भने ओरालो लागेको छ भने छ उपसमूहको शेयर उकालो लागेको छ ।

बैंकिङ ४२.३६, व्यापार ६९.२९, विकास बैंक ९५.४२, जलविद्युत् ३१.६९, वित्त ३.६४ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन ६५.२४, निर्जीवन बीमा ८८.९२, उत्पादन २१.५१, अन्य ७.५, लघुवित्त १४.४, जीवन बीमा ५१.२८ र लगानी ०.४६ बिन्दुले घटेको छ । कारोवारका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु २८ करोड ६२ लाख ६० हजार ९११ बराबरको कारोवार भयो ।

यस्तै, नेपाल बैंक रु २८ करोड १६ हजार ५३ हजार २५६, एनआइसी एशिया बैंक रु २४ करोड ३५ लाख ७९ हजार ७९५, नेपाल पूर्वाधार बैंक रु २१ करोड १० लाख २६ हजार ५३, नेपाल बङ्गलादेश बैंक रु १८ करोड ३८ लाख ८५ हजार २०३, अपिपावर कम्पनी रु १७ करोड ३३ लाख ३७ हजार २२६, कुमारी बैंक रु १४ करोड ६० लाख १४ हजार १२३, माथिल्लो तामाकोशी रु १३ करोड ६७ लाख ८९ हजार ७३४, ग्लोबल आइएमई बैंक रु १३ करोड ६७ लाख ५८ हजार ८०१ र मेगा बैंक रु १२ करोड ९२ लाख २६ हजार ३८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

कारोवारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९७, माउण्टेन इनर्जी ९.८९, ज्योति लाइफ इन्स्योरेन्स ९.८३, सिन्धु विकास बैंक ९.८२, छ्याङ्दी हाइड्रोपावर ९.८०,महिला लघुवित्त ८.०६, लुम्बिनी विकास बैंक ६.३४, गुह्येश्वरी मर्चेन्ट बैंक ५.०२, अपि पावर कम्पनी ४.८८ र महालक्ष्मी विकास बैंका लगानीकर्ताले ४.७५ प्रतिशतले कमाएका छन् ।

यसैगरी, लक्ष्मी लघुवित्त ४.२७, ग्लोबल आइएमई बैंक ४.२७, एनआरएन इन्फ्रास्टकचर ३.५६, इन्फिनिटी लघुवित्त ३.४७, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी ३.३८, गुराँस लघुवित्त ३.२६, युनिलिभर नेपाल ३.०७, नेशनल हाइड्रोपावर २.९२, आशा लघुवित्त २.८१ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले २.६३ प्रतिशतले गुमाएका छन् । यस वर्षको अन्तिम दिनको कारोवार समग्रमा सुखद् रहेको छ । नव वर्षको दिन भोलि (बुधबार) सार्वजनिक बिदा भएकाले अर्को कारोवार भने नयाँ वर्षको दोस्रो दिन बिहीबार मात्रै हुनेछ ।

प्रतिक्रिया