काठमाडौँमा १००+ पन्च इभीको डेलिभरी

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च ईभी १ साताको अवधिमा १००+ युनिट बिक्री भएको छ । उक्त गाडी काठमाडौँमा डेलिभरी गरिसकेको कम्पनीले जनाएको छ ।
पन्च ईभीको नाडाको पहिलो दिनमै १००+ बुकिङ लिएर बिक्री सुरु भएको थियो । पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी जति सक्दो छिटो, बुकिङ गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए ।
टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार तोकिएको छ । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेग्मेन्ट माथिको विशेषताहरु –भ्वाइस एसिस्टेड सनरुफका साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷एप्पल कार प्ले आदी रहेका छन् ।
पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ भने यो गाडी मा ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।
प्रतिक्रिया