मंगलबार, वैशाख १६, २०८२

दीपल एक्सचेन्ज कानिर्भल आयोजना हुँदै, कुनै पनि ब्रान्डका पुराना गाडी साट्न सकिने

मेरोन्यूज २०८१ भदौ २८ गते १७:२५

काठमाडौं । नेपालका लागि चांगान तथा दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दीपल एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएको छ ।

आगामी सोमबारदेखि बिहीबारसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा एक्सचेन्ज कानिर्भल हुन लागेको हो ।

कार्निभलमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर दीपलका नयाँ इभी खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज कार्निभलमा प्रि–बजेट ७१ लाख ९९ हजार रुपैयाँमा दीपलको निकै रुचाइएको प्रिमियम इभी एस ०७ खरिद गर्न सक्नेछन् ।

ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने पनि कम्पनीले जनाएको छ ।

कम्पनीले एक्सचेन्ज बोनस पनि दिने जनाइएको छ ।

यसबाहेक कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्री एसेसोरिज पाइनेछ जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर उपलब्ध हुनेछ । साथै ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पनि पाउनेछन् ।

नेपालमा एमएडब्लु वृद्धिले दीपल एस ०७ र एल ०७ गरी दुई मोडल बिक्री गर्दै आएको छ । यी इभीहरू एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् ।

पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस ०७ लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो ।

प्रतिक्रिया