अदालतबाट जमानत पाएसँगै रिहा भए केजरीवाल

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतबाट जमानत पाएसँगै रिहा भएका छन् ।
तिहाड जेलबाट रिहा भएसँगै उनका समर्थकले उनलाई भव्य स्वागत गरेका छन् । जेलबाट बाहिर आएपछि केजरीवालले आफु सहि भएकाले जेलबाट बाहिर आएको प्रतिक्रिया दिएका छन् ।
केजरीवाललाई सर्वोच्च अदालतले आजै जमानत दिएको थियो । सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर प्रकरणमा जमानत दिएको हो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको छ ।
न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो र सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो । केजरीवालले सर्वोच्च अदालतमा दुईवटा याचिका दायर गरेका थिए । यसमा एउटा निवेदन जमानत नदिने बिरुद्ध थियो । यस मामिलामा सीबीआईको गिरफ्तारी विरुद्ध दोस्रो याचिका दायर गरिएको थियो ।
सीबीआईले केजरीवाललाई ईडीको हिरासतमा रहेको बेला पक्राउ गरेको थियो । केजरीवाललाई ईडी टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो । जुलाई १२ मा, केजरीवालले ईडी मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएका थिए ।
तर यो जमानत पाउनुअघि नै सीबीआईले केजरीवाललाई जुन महिनामा पक्राउ गरेको थियो । यही कारण केजरीवाल जेलबाट बाहिर आउन सकेनन् । लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले मे १० मा अरविन्द केजरीवाललाई चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्मका लागि अन्तरिम जमानत दिएको थियो ।
हालै दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि यस मामिलामा जमानत दिइएको थियो । सिसोदिया १७ महिनापछि जेलबाट बाहिर आउन सफल भएका थिए । यसअघि सञ्जय सिंह धरौटीमा छुटेका थिए ।
आम आदमी पार्टीले भाजपाले केन्द्रीय एजेन्सीहरू प्रयोग गरेर विपक्षी नेताहरूलाई झूटा आरोपमा फसाएको आरोप लगाउँदै आएको छ । भाजपाले कानुनको नजरमा सबै समान रहेको भन्दै यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया