सोमबार, मंसिर १५, २०८२

डेंगी संक्रमण भएका बिरामीले खानुपर्ने ५ खानेकुरा

मेरोन्यूज २०८१ भदौ २९ गते ८:३२

वर्षा सुरु भएसँगै डेंगीको संक्रमण पनि बढ्दै गएको छ । डेंगी हुँदा मानिसमा उच्च ज्वरो आउने, टाउको र ढाड दुख्ने र छालामा चाउरीपन आउनेजस्ता समस्या आउँछन् ।

प्लेटलेट्समा कमी हुन थाल्छ । डेंगी संक्रमणपछिको लापरवाहीले स्वास्थ्यमा घातक समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा बिरामीले खानपिनमा विशेष ध्यान दिनुपर्छ । जसले बिरामीको अवस्था छिटो सुधार हुन सघाउँछ ।

१. अनार

अनारमा आवश्यक पोषक तत्व र मिनिरल्स प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई उर्जावान राख्छ । अनारको नियमित सेवनले थकान हट्छ । यो फलामको समृद्ध स्रोत हो, यसले शरीरमा प्लेटलेट्स बढाउँछ ।

२. दही

दही पाचनको लागि एकदमै राम्रो हुन्छ । यसले इम्युनिटी सिस्टमलाई राम्रो बनाउँछ । यसले शरीरमा प्रोबायोटिकको रुपमा काम गर्छ । जसले पेटको स्वास्थ्यलाई बढावा दिन्छ ।

३. अंगुर

अंगुरमा भिटामिन ‘सी’ र एन्टीब्याक्टोरियल (जीवाणुरोधी) गुण हुन्छ । जसले इम्युनिटी बढाउँछ । अंगुरले शरीरमा सेतो रक्त कोषिकाको निर्माणमा सहयोग गर्छ । जसबाट धेरै प्रकारको संक्रमणबाट बच्न सकिन्छ ।

४. बेसार

बेसारमा एन्टीसेप्टिक र ब्याक्टेरियल गुण पाइन्छ । जसले शरीरमा कार्यक्षमता बढाउने मेटाकोलिज्मलाई राम्रो बनाउँछ । बेसारलाई दुधमा मिसाएर सेवन गर्नाले डेंगी संक्रमण भएका बिरामी चाँडै रिकभर हुन्छ ।

५. ब्रोकाउली

ब्रोकाउली भिटामिन ‘सी’ को प्रचुर स्रोत हो । यसमा एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ । यसले ब्लड प्लेटलेट्स बढाउन धेरै सहयोग गर्छ । डेंगी रोगबाट बच्नको लागि खानामा ब्रोकाउली समावेश गर्नु राम्रो हुन्छ ।

-एजेन्सीको सहयोगमा 

प्रतिक्रिया