डेंगी संक्रमण भएका बिरामीले खानुपर्ने ५ खानेकुरा

वर्षा सुरु भएसँगै डेंगीको संक्रमण पनि बढ्दै गएको छ । डेंगी हुँदा मानिसमा उच्च ज्वरो आउने, टाउको र ढाड दुख्ने र छालामा चाउरीपन आउनेजस्ता समस्या आउँछन् ।
प्लेटलेट्समा कमी हुन थाल्छ । डेंगी संक्रमणपछिको लापरवाहीले स्वास्थ्यमा घातक समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा बिरामीले खानपिनमा विशेष ध्यान दिनुपर्छ । जसले बिरामीको अवस्था छिटो सुधार हुन सघाउँछ ।
१. अनार
अनारमा आवश्यक पोषक तत्व र मिनिरल्स प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई उर्जावान राख्छ । अनारको नियमित सेवनले थकान हट्छ । यो फलामको समृद्ध स्रोत हो, यसले शरीरमा प्लेटलेट्स बढाउँछ ।
२. दही
दही पाचनको लागि एकदमै राम्रो हुन्छ । यसले इम्युनिटी सिस्टमलाई राम्रो बनाउँछ । यसले शरीरमा प्रोबायोटिकको रुपमा काम गर्छ । जसले पेटको स्वास्थ्यलाई बढावा दिन्छ ।
३. अंगुर
अंगुरमा भिटामिन ‘सी’ र एन्टीब्याक्टोरियल (जीवाणुरोधी) गुण हुन्छ । जसले इम्युनिटी बढाउँछ । अंगुरले शरीरमा सेतो रक्त कोषिकाको निर्माणमा सहयोग गर्छ । जसबाट धेरै प्रकारको संक्रमणबाट बच्न सकिन्छ ।
४. बेसार
बेसारमा एन्टीसेप्टिक र ब्याक्टेरियल गुण पाइन्छ । जसले शरीरमा कार्यक्षमता बढाउने मेटाकोलिज्मलाई राम्रो बनाउँछ । बेसारलाई दुधमा मिसाएर सेवन गर्नाले डेंगी संक्रमण भएका बिरामी चाँडै रिकभर हुन्छ ।
५. ब्रोकाउली
ब्रोकाउली भिटामिन ‘सी’ को प्रचुर स्रोत हो । यसमा एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ । यसले ब्लड प्लेटलेट्स बढाउन धेरै सहयोग गर्छ । डेंगी रोगबाट बच्नको लागि खानामा ब्रोकाउली समावेश गर्नु राम्रो हुन्छ ।
-एजेन्सीको सहयोगमा
















राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया