शुक्रबार, वैशाख २५, २०८३

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

मेरोन्यूज २०८१ भदौ ३० गते १२:२४

काठमाडौँ । दक्षिण-पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

Advertisement
NiccNicc

मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताए ।

पियरेका अनुसार उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको सङ्ख्या २४ पुगेको हो । यसअघि शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो ।

घाइतेहरूलाई राजधानी पोर्ट-ओ-प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका लागि लगिएको छ भने छ जनालाई पोर्ट-ओ-प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको थियो।

अन्य १३ जनाको शरीरको ८० प्रतिशत भन्दा बढी जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ ।

प्रतिक्रिया