सोमबार, पुष २८, २०८२

नाइजेरियामा डुंगा पल्टिँदा ४१ जनाको मृत्यु

मेरोन्यूज २०८१ भदौ ३० गते १८:३३

नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा काठको डुंगा पल्टिँदा कम्तीमा ४१ जनाको शव फेला परेको छ भने अन्य १२ जनाको उद्धार गरिएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।

पच्चासभन्दा बढी यात्रु र चालक दलका सदस्य बोकेको डुंगा गुम्मी नजिकैको नदीमा पल्टिएको हो ।

डुंगामा सवार यात्रु छिमेकी समुदायहरूमा आफ्नो खेतबारीमा डुङ्गाबाट दैनिक यात्रा गर्ने किसानहरू थिए । दुर्घटनापश्चात स्थानीय अधिकारीहरूले तुरुन्तै घटनास्थलमा कर्मचारीहरू तैनाथ गरेका थिए ।

स्थानीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जाम्फारा राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख हसन दौराले घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको बताए।

नाइजेरियामा प्रायः डुङ्गा दुर्घटनाहरू ओभरलोडिङ, प्रतिकूल मौसम अवस्था र परिचालन त्रुटिहरूले गर्दा हुन्छ ।

प्रतिक्रिया