मेटमणि चौधरीमाथि देश द्रोहको मुद्दा लगाउन एमाले सांसद ढकालको माग
मेरोन्यूज
२०८१ भदौ ३१ गते १४:१९

काठमाडौँ । एमालेका सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देश द्रोहको मुद्दा लगाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।
सोमबार संसदमा बोल्दै उनले चौधरीको अभिव्यक्ति संविधानविरित तथा राष्ट्रघात भएकाले मुद्दा चलाउन आग्रह गरेका हुन् ।
‘कालापानी नेपालको भू–भाग होइन भनेर दिएका एकजना पूर्वमन्त्री तथा पार्टीका पदाधिकारीबाट कालापानी क्षेत्र नेपालको होइन भारतको दाबी पुग्छ भनेर अभिव्यक्ति दिनुभएको छ । उहाँको अभिव्यक्ति संविधानविपरित गम्भीर राष्ट्रघात भएको छ । उहाँलाई तत्काल देशद्रोहको मुद्दा लगाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।
सम्बन्धित
प्रतिक्रिया