शुक्रबार, चैत ६, २०८२

बैंकले घटाए ब्याजदर, कुनको ब्याजदर कति ?

मेरोन्यूज २०८१ भदौ ३१ गते १६:२०

काठमाडौं । आगामी असोजको लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

भदौका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४७ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो।

बैंकहरूले असोजका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४ प्रतिशत छ। चार बैंकले भने ब्याजदर बढाएका छन्।

लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कृषि विकास र नेपाल बैंकको ब्याजदर सामान्य बढेको हो।
आठ वटा बैंकको ब्याजदर सामान्य घटेको छ। 

अहिले सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले दिने भएको छ। बैंकले ७.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो।

कर्जाको वृद्धिदर समान्य रहेपछि धेरै बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर केही भएपनि घटाएका हुन्।
चाडपर्व नजिकिदै गर्दा कर्जा माग थप केही समय बढ्न नसक्ने बैंकहरूको अनुमान छ। 

बैंकहरूले साधारण बचतको ब्याजदर न्यूनतम ३ प्रतिशतसम्म पनि दिइरहेका छन्। यो दर ३ प्रतिशत प्रतिशतसम्म छ।

अहिले कर्जा लगानी नभएको कारण बैंकहरूले धेरै भएको रकम  राष्ट्र बैंकमा २.९९ प्रतिशतमा राखिरहेका छन्। 

प्रतिक्रिया