लक्ष्य अनुसार उठ्दैन कर

बलेवा (बागलुङ)। हरेक कार्यालय, सङ्घसंस्थाले लक्ष्य राखेर काम गर्ने चलन छ । लक्ष्य अनुसार कामको प्रगति पनि हुनुपर्छ । तर आन्तरिक राजस्व कार्यालय बागलुङले पछिल्लो तीन वर्षदेखि नै लक्ष्य भेटाउन सकेको छैन । यद्यपि कर सङ्कलन भने उल्लेख्य रुपमा बढेको छ ।
हरेक आर्थिक वर्षमा लक्ष्यको ७९ देखि ८० प्रतिशत मात्रै कर सङ्कलन भएको छ । केहीवर्ष अघि शतप्रतिशतभन्दा धेरै कर सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८०/८१ म एक अर्ब २० करोड कर सङ्कलन गर्ने लक्ष्य राखेपनि असार मसान्तसम्म कार्यालयले लक्ष्य भेट्न सकेन । बरु ७९ प्रतिशत मात्रै अर्थात् तोकिएको अवधिमा कूल ९६ करोड ५५ लाख ७८ हजार मात्रै कर सङ्कलन भएको कार्यालय प्रमुख प्रमोदकुमार श्रीवास्तवले बताए ।
साउन महिनामा आर्थिक कारोबार कम हुने भएकाले सङ्कलन घटेको छ । साउनमा एक करोड ९३ लाख संकलनको लक्ष्य राख्दा ९१ लाख ३५ हजार मात्रै सङ्कलन भएको प्रमुख श्रीवास्तवले बताए । आव २०७९/८० मा कार्यालयले रु एक अर्ब पाँच करोड ५१ लाख राजस्व सङ्कलन गर्ने लक्ष बनाएकामा ९५ करोड ३१ लाख मात्रै सङ्कलन गर्न सकेको थियो ।
लक्ष्य अनुसार कर असुल हुन नसक्नुलाई आर्थिक क्षेत्रको मन्दी, सहकारीमा आम नागरिकको विश्वास घट्नु र लघुवित्तको कारोबारमा आएको कमीलाई औँल्याउने गरिएको छ । बागलुङको हकमा सिवाइसी लघुवित्तको पोखराबाट कारोबार हुँदा यहाँ सङ्कलन हुने लाखौँ रकम सरेको हो ।
त्यस्तै अन्य संस्थाको पनि केही रकम अन्य संस्थामा सरेको छ । “सहकारीको कारोबार घट्दा कर सङ्कलन पनि घटेको छ”, प्रमुख श्रीवास्तवले भने । गत आर्थिक वर्ष कार्यालयले ६० करोड ६९ लाख आयकर सङ्कलन गर्ने लक्ष्य राखेकामा ५१ करोड ४९ लाख सङ्कलन भएको छ ।
त्यस्तै भ्याटतर्फ ३३ करोड ४७ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा २७ करोड ५० लाख मात्रै सङ्कलन भएको छ । अन्तशुल्कतर्फ पाँच करोड चार लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा चार करोड २० लाख मात्रै सङ्कलन भएको छ ।
सामुदायिक वन उपभोक्ता समिति, अन्य निर्माण क्षेत्रका उपभोक्ता समिति र कतिपय व्यवसाय नै दर्ता नभएकाले कर सङ्कलन हुन सकेको छैन । त्यस बाहेक असार मसान्तसम्ममा कैयौँ विकास निर्माण सम्पन्न नभएकाले कर सङ्कलनमा ढीलाइ भएको हो ।

















बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
चितवनमा हुरीका कारण केराखेतीमा क्षति
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया