बागमती प्रदेशसभाको बैठक असोज ६ मा

बागमती। बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएकोे सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
गत भदौ १३ गते बसेको प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ‘प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘प्रदेश कृषि विकास सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्दै प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
यस्तै, उद्योग, पर्यटन तथा वातावरण समितिको बैठकले ‘प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ पारित गरी प्रदेशसभामा पठाउने निर्णय गरेको थियो ।
यी तीनवटै विधेयक पारित गर्ने प्रदेशसभा सचिवालयको तयारी छ । यही असोज ६ गते बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्न असोज ५ गते दिउँसो ३ बजे प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ ।
बागमती प्रदेशसभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो । सो बैठकबाट दुईवटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
















थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया