गगनलाई रविको जवाफ- प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोरखा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन् ।
मंगलबार काठमाडौँमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानविन विशेष समितिले प्रमाणित गरेको तर्क गरे।
यद्यपि समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो ? भन्दै रविले प्रश्न समेत गरे। उनले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गरे।
‘म कसैको कटाक्ष गर्न आएको होइन। तर छुस्स त दिनुपर्यो नि। मेरा मित्र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा हिजो बडो राम्रोसँग लेख्नुभयो। प्रमाण छ, प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ, मेरो पनि प्रणाम छ, उहाँलाई,’ उनले भने।













सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया