रौतहटमा दर्जनौं नेता कार्यकर्ता जसपा प्रवेश

रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी रौतहटको आयोजनामा गरुडा नगरपालिका–५ महम्मदपुरस्थित गोपाल सेवा समिति धर्मशालामा पार्टीको विस्तारित बैठक एवं पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, नेकपा एकिकृत समावादी, नेकपा माओवादी लगायत दलबाट दर्जनौंको संख्यामा नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी मध्ये ठूलो संख्यामा विगतमा जसपा नेपाल छाडेर अन्य पार्टीमा गएकाहरु रहेका छन् । विभिन्न कारण देखाउँदै पार्टीबाट असन्तुस्ट भइ अन्य पार्टीमा गएका उनिहरु फेरी आफनै पुरानो घर जसपा नेपालमा फर्केका हुन् ।
माधवनारायण नगरपालिका–२ का पूर्व वडा अध्यक्ष हनुमान सहनी, वडा ६ का वडा अध्यक्षका प्रत्यासी हरिनारायण प्रसाद यादव, नेता चन्देश्वर साह तेली, दुर्गा भगवती गाउँपालिका–२ का वडा अध्यक्षका प्रत्यासी रमेश महतो, माधवनारायण नगरपालिका–३ का रामइश्वर यादव सहित दर्जनौं नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई जसपा नेपालका केन्द्रिय उपाध्यक्ष गोविन्द चौधरीले पार्टीमा स्वागत गरेको जिल्ला अध्यक्ष श्याम विहारी यादवले जानकारी दिएका छन् ।
पार्टीको केन्द्रियको निर्णय अनुसार चार महिने जनता संग जनता समाजवादी पार्टी नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत विभिन्न नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएर संगठन निर्माण र पार्टीलाई बलियो बनाउने अभियानमा जुटिसकेको युवा नेता राजकुमार दासले बताएका छन् ।
कार्यक्रममा उपाध्यक्ष गोविन्द चौधरी,जसपा नेपालका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्री योगेन्द्र यादव,पार्टीका केन्द्रिय कार्यकारीणी समिति सदस्य राम किशोर यादव, विश्वनाथ पटेल, मधेश प्रदेशकी रास्ट्रिय सभा सदस्य पुजा चौधरी, प्रदेश सांसद सोभा देवी साह, पार्टीका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, केन्द्रिय सदस्य एवं मधेश प्रदेशका पूर्व खानेपानी राज्य मन्त्री अब्बुल कलाम आजाद भन्ने शेख फुलबाबु, केन्द्रिय सदस्य किरण ठाकुर लगाएतको सहभागिता रहेको थियो ।

















आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा : अध्यक्ष घिसिङ
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
प्रतिक्रिया