मस्कले बाइडेन र ह्यारिस बारेको स्ट्याटस किन हटाए ?

काठमाडौँ । एलोन मस्कले एक्समा पोष्ट गरेको राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस बारेको स्ट्याटस हटाएको विषय विवादित बनेको छ ।
मस्कले आफ्नो एक पोष्टमा राष्ट्रपति बाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसको हत्या गर्ने प्रयास कसैले गर्न नसक्ने लेखेका थिए । तर, पछि मस्कले आफ्नो सो पोष्ट हटाउदै यो मजाक मात्र भएको बताएका थिए ।
अमेरिकी गुप्तचर सेवाले अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको सम्बन्धमा एलोन मस्कको पोष्टबारे आफूलाई जानकारी रहेको बताएको छ ।
पूर्व अमेरिकी राष्ट्रपति र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको खबरपछि मस्कले आइतबार यो पोष्ट गरेका थिए । मस्क ट्रम्पका कट्टर समर्थक हुन् र ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको चुनाव जितेमा उनलाई ट्रम्पले सरकारी दक्षता आयोगको जिम्मेवारी सुम्पिने आश्वासन दिएका छन् ।
मस्कको पोष्ट बारे प्रयोगकर्ताहरूले आलोचना पनि गरेका छन् । यसबाहेक, ह्वाइट हाउसले मस्कको पोस्टको बारे टिप्पणी गर्दै यस्तो बयान दिनु गैरजिम्मेवारपूर्ण भएको बताएको छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया