दिल्लीकाे मुख्यमन्त्रीमा आतिशीले गरिन् दाबी पेश

काठमाडौँ । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन् । केजरीवालले राज्यका उपराज्यपाललाई आफ्नो राजीनामा बुझाएका हुन् ।
केजरीवालले राजीनामा दिएसँगै आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेनाले मुख्यमन्त्रीको दाबी समेत पेश गरेकी छन् । केजरीवाल र आतिशी दुवैले उपराज्यपाललाई सँगै भेट गरेको आम आदमी पार्टीले जानकारी दिएको छ ।
यस अघि आजै बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए ।
४३ बर्षिय आतिशी हालको दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी छन् । उनलाई आम आदमी पार्टीको एक स्तम्भ मानिन्छ । केजरीवालसहितका शिर्ष नेताहरु जेलमा हुदा पनि आतिशीले आम आदमी पार्टीलाई सफल नेतृत्व दिएको जस उनलाई दिने गरिन्छ ।













कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया