लेबनानमा हिजबुल्लाह सदस्यको सञ्चार उपकरण विस्फोट, ८ जनाको मृत्यु

काठमाडौँ । लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा विस्फोट हुदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यस विष्फोटमा हजार भन्दा बढी घाइते भएको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार पेजर ह्याक गरी ब्लास्ट गरिएको थियो । यस ह्याकिङको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ । हिजबुल्लाहले आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहराएको छ । तर, इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो । यो सामान्यतया सानो स्क्रिन र सीमित किप्याडसंग आउँछ । यसको मद्दतले, सन्देश वा अलर्टहरू छिटो प्राप्त गर्न सकिन्छ ।
लेबनानी वेबसाइट नाहरनेटका अनुसार पेजर विस्फोटमा इरानका राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् । तर, उनलाई गम्भीर चोट लागेको छैन । अरब मिडिया रिपोर्टका अनुसार शृंखलाबद्ध विस्फोटमा एक हजारभन्दा बढी हिजबुल्लाह सदस्यहरूलाई निशाना बनाइएको छ । हिजबुल्लाह प्रमुख हसन नसरल्लाह पनि घाइते भएको दाबी गरिएको थियो तर हिजबुल्लाहले यसलाई अस्वीकार गरेको छ ।
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले देशभर भएका विस्फोटमा सयौं व्यक्ति घाइते भएको पुष्टि गरेका छन् । स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरूलाई तुरुन्तै उनीहरूको अस्पतालमा मद्दतको लागि जान भनिएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया