लेबनानमा पेजर विस्फोट हुँदा ९ जनाको मृत्यु, २ हजार ८०० घाइते

काठमाडौँ । लेबनानमा इरान समर्थित लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै २ हजार ८०० जना घाइते भएका छन् । उक्त विस्फोटबाट क्षती बेहोरेको आतङ्कवादी समूहले इजरायललाई आक्रमणको दोषी ठहराएको छ ।
इजरायली आक्रमणमा प्रमुख कमाण्डर गुमाएपछि हेजबुल्लाहले आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्ता व्यक्त गरेको थियो ।
मङ्गलबार दिउँसो तीन बजे हेजबुल्लाह सदस्यहरूले बोकेका सयौं पेजिङ सञ्चार उपकरणहरू लेबनानमा विस्फोट हुन थालेका थिए ।
हेजबुल्लाहले घटनालगतै इजरायलाई दोष लगाएता पनि इजरायलले भने आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन । लेबनानका केही अस्पतालहरूमा हताहतको सङ्ख्या बढेको स्रोतले जनाएको छ ।
इजरायलले लेबनानसँगको उत्तरी मोर्चालाई सुरक्षित गर्न प्यालेस्टिनी उग्रवादी समूह हमाससँगको युद्धमा आफ्नो लक्ष्य विस्तार गरिरहेको मङ्लबार घोषणा गरेको थियो ।
अक्टोबरको आक्रमणपछि इजरायलले प्यालेस्टिनी उग्रवादीले लिएका बन्धकलाई घर ल्याउने र हमासलाई दमन गर्ने वाचा गरेको थियो ।
अक्टोबरदेखि हेजबुल्लाहले पनि लेबनान-इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलीबारी गरेको छ ।
औपचारिक रूपमा युद्धको घोषणा नगरिएता पनि लेबनान मोर्चामा भएको झडपले अधिकाशं लडाकु र सैन्य कर्मचारी सहित सयौंको ज्यान लिएको लिएको छ ।
हेजबुल्लाहको नजिकको स्रोतका अनुसार विस्फोट भएका पेजरहरू हेजबुल्लाहले भर्खरै आयात गरेको थियो ।














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया